Paywear Banner Desktop
Paywear Banner Desktop

विश्व भोकमरी सूचकांकमा नेपालको स्थिती सुधार, ७२ औं स्थानमा

काठमाडौं । विश्व भोकमरी सूचकांक (जीएचआई), २०२६ को प्रतिवेदनले नेपालको अवस्था विगत वर्षभन्दा केही सुध्रिएको देखाएको छ।

भोकमरी सूचकांक, २०२६ मा १२२ देशमध्ये नेपाल ७२ औँ स्थानमा रहेको छ । शनिवार सार्वजनिक सूचकांकले नेपालमा भोकमरीको अवस्था मध्यम श्रेणीमा रहेको देखाएको हो । पछिल्ला वर्षहरूमा केही प्रगति भएको तथ्यांकले देखाएको छ ।

नेपालले यस वर्ष १०० पूर्णांकमा १४.५ अंक प्राप्त गरेको छ । सन् २०२५ मा नेपालको जीएचआई अंक १४.८ थियो । उक्त अंकमा थोरै सुधार भई यसपल्ट १४.५ अंकमा झरेको हो । यसले नेपालको मध्यम खालको भोकमरीको स्थिति दर्शाउँछ ।

सन् २००० मा जीएचआई सूचक ३७.१ को डरलाग्दो अवस्थामा थियो । त्यतिबेला नेपाल ‘गम्भीर भोकमरी’ भएको देशको श्रेणीमा रहेको थियो । त्यसयता क्रमिकरूपमा पोषण तथा खाद्य सुरक्षाको क्षेत्रमा नेपालले क्रमशः सुधार गरेको देखिन्छ ।

दक्षिण एसियाली मुलुकमा पनि नेपालको अवस्था प्रगतिउन्मुख देखिएको छ । सूचकांकमा श्रीलंका १०.२ अंकसहित ५३औँ स्थानमा रहेको छ । बंगलादेश १९.२ अंकसहित ८४औँ, भारत २४.१ अंकसहित १०० औँ र पाकिस्तान २५.५ अंकसहित १०६औँ स्थानमा छन् ।

अफगानिस्तान १०८औँ स्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ । दक्षिण एसियाको औसत भोकमरी सूचकांक २३.५ रहेको छ । यो अवस्था विश्वको औसत १८.१ भन्दा बढी हो ।

दक्षिण एसियामा भोकमरी, कुपोषण तथा खाद्य सुरक्षासम्बन्धी चुनौती भने अझै कायमै छ । सूचकले दक्षिण एसियामा भोकमरी र कुपोषणको समस्या गम्भीर अवस्थामै रहेको संकेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!