Paywear Banner Desktop
Paywear Banner Desktop
Bhotekoshi Flood

सम्पर्कविहिन हुनेको संख्या २५०० पुग्यो, अहिलेसम्म ६७५ शव भेटियो

काठमाडौं । भोटेकोशी बाढीमा सम्पर्कबिहिन हुनेको संख्या बढेर २,४९८ पुगेको छ जसमध्ये सबैभन्दा धेरै जलविद्युत आयोजनाबाट ९३३ र विदेशी पर्यटकबाट ५८९ जना छन् ।

अहिलेसम्म कुल ६७५ वटा शव भेटिएको छ । ७,५१४ जनाको उद्वार गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार साँझ ६ः३० सम्म यस्तो विवरण सार्वजनिक गरेको हो ।

उपचार र डिस्चार्जसहित घाइतेको संख्या २१९ छ भने प्रभावित क्षेत्रमा सर्जिकल मेडिकल टिम पनि परिचालन गरिएको छ ।

अहिलेसम्म रसुवा र नुवाकोटलाई १/१ करोड रुपैयाँ, धादिङलाई ५० लाख, १५ पालिकालाई ६ करोड ७५ लाख रुपैयाँ राहत प्रदान गरिएको छ । हालसम्म ३७ ट्रक खाद्य र गैरखाद्य सामग्री पठाइएको छ ।

शनिबार मात्र १८ हजार ७०८ जना सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!