Paywear Banner Desktop
Paywear Banner Desktop
क्रिकेट विश्वकप लिग-२

ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग-२ शृङ्खलाअन्तर्गत नेपालले ओमानलाई ११३ रनले पराजित गरेको छ। जारी शृङ्खलामा नेपालको यो लगातार दोस्रो जित हो।
नेपालले पहिलो खेलमा क्यानडालाई २४ रनले हराएको थियो।

ओमानको अल अमेरतस्थित क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ-१ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो।

नेपालका पूर्वकप्तान रोहितकुमार पौडेलले सर्वाधिक ६१ रन बनाए। उनले ६७ बलमा तीन चौका र एक छक्का प्रहार गरे। करण केसीले १६ बलमा चार छक्का र एक चौकासहित ४० रन बनाए। अर्जुन कुमालले ४०, ईशान पाण्डे र बसिर अहमदले समान ३७, दीपेन्द्रसिंह ऐरीले २२ तथा सन्दीप जोराले १० रन जोडे। ओमानका साह फैसल, शाकिल अहमद र करण सोनावालेले समान दुई विकेट लिए।

दुई सय ६४ रनको लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रनमै समेटियो। ओमानका कप्तान विनायक शुक्लाले ८३ बलमा छ चौका र एक छक्कासहित ७७ रन बनाए। जय ओडेराले २५ र जतिन्दर सिंहले १८ रन जोडे। ओमानका अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

नेपालका कप्तान सन्दीप लामिछाने र नन्दन यादवले समान तीन विकेट लिए। दीपेन्द्रसिंह ऐरीले दुई तथा करण केसी र ललित राजवंशीले समान एक विकेट लिए।

नेपालले जारी शृङ्खलामा अब शनिबार क्यानडासँग खेल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!