Paywear Banner Desktop
Paywear Banner Mobile

नेपाल-भारत सम्बन्ध आत्मीयता र अटुट विश्वासमा आधारित छ : नरेन्द्र मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको भविष्य र नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने स्पष्ट दृष्टिकोण, प्रतिबद्धता र सोच प्रस्तुत गरेको बताएका छन् ।

नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री मोदीबीच भएको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले शाहको नेतृत्वमा नेपालको नयाँ पुस्ताका आशा र आकांक्षा प्रतिबिम्बित भएको उल्लेख गरे ।

उनले भने, ‘विश्वकै सबैभन्दा युवा प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघमा सम्बोधन गर्दा नै उहाँको दूरदृष्टिको स्पष्ट झलक देखिएको थियो । तर, पछिल्ला केही घण्टाको छलफलका क्रममा मंैले नेपालको भविष्य र नेपाल-भारत सम्बन्धलाई अघि बढाउने विषयमा उहाँको स्पष्ट सोच, दृष्टिकोण र प्रतिबद्धता महसुस गरेको छु ।’

मोदीले यस वर्ष नेपाली जनताले प्रधानमन्त्री शाहलाई ऐतिहासिक जनादेश दिएको उल्लेख गर्दै उनको नेतृत्वले नेपालको नयाँ पुस्ताको आकांक्षा र आशालाई प्रतिनिधित्व गरेको बताए ।

भारत सशक्त र समृद्ध नेपालको विकास यात्रामा सधैँ साथमा रहने प्रतिबद्धता व्यक्त गर्दै उनले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन विभिन्न महत्त्वपूर्ण निर्णय गरिएको जानकारी दिए ।

‘भारत एक सशक्त र समृद्ध नेपालको विकास यात्रामा सँधै सहभागी रहँदै आएको छ । यही भावनाका साथ आज हामीले आफ्नो सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन विभिन्न महत्त्वपूर्ण निर्णय गरेका छौँ,’ मोदीले भने ।

उनले नेपाल र भारतबीचको सम्बन्ध छिमेकी मुलुकबीचको सम्बन्धमा मात्र सीमित नरहेको उल्लेख गर्दै यो आत्मीयता र अटुट विश्वासमा आधारित रहेको बताए ।

‘भारत र नेपालको सम्बन्ध छिमेकीको मात्र होइन, आत्मीयता र अटुट विश्वासको सम्बन्ध हो । हाम्रा खुसी साझा छन् र चुनौती पनि साझा छन् । हामी एकअर्काको प्रगतिका साझेदार हौँ र कठिन समयमा एकअर्काको सहारा पनि हौँ,’ मोदीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Mobile
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!