ताप्लेजुङ । यहाँको प्रसिद्ध धार्मिकस्थल पाथीभरामा शनिबार ११ हजार २७२ जना भक्तजनले दर्शन गरेका छन् ।
प्रतिकुल मौसमका बावजुद पूजा गर्ने मुख्य समय भएकोले यहाँ भक्तजनको भीड लाग्न थालेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङपाङले बताए । शुक्रबार तीन हजार ६२३ जना भक्तजनले पाथीभरामा दर्शन गरेका थिए ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार नेपालको विभिन्न जिल्लाबाट भक्तजन पाथीभरा दर्शन गर्न आइरहेका छन् । भारतको सिक्किम, दार्जिलिङलगायतका ठाउँबाट समेत भक्तजन दर्शन गर्न आइरहेको हाङ्बाङले जानकारी दिए ।

पाथीभरा पुग्नका लागि यातायातका साधनमार्फत काफ्ले पाटी सम्म सहजरुमा पुग्न सकिन्छ । काफ्ले पाटीकाट ५ किलोमिटर पदमार्ग प्रयोग गरेर धामसम्म पुग्न सकिन्छ । पाँच किलोमिटर उकालो बाटो भएकाले हिड्न नसक्नेहरुको लागि सहयोगीको समेत व्यवस्था छ ।
समुद्री सतहदेखि तीन हजार ७९४ मिटरको उचाइमा अवस्थित शक्तिपीठ पाथीभराको दर्शन गरेमा सोचे चिताएको मनोकांक्षा पूरा हुने विश्वास रहेकाले स्वदेश तथा विदेशबाट भक्तजन आउने गरेका समितिले जनाएको छ ।
