Paywear Banner Desktop
Paywear Banner Desktop
एनपीएल

मोइन अलीको अर्धशतक मद्दतमा जनकपुरले काठमाडौंलाई हरायो

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ ।

जनकपुरले काठमाडौं गोर्खाजलाई ८ विकेटले हराएको हो । जितका लागि पाएको ११६ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो ।

जसमा मोइन अलीले अर्धशतकीय पारी खेल्दै अविजित ५८ रन बनायो । मोइन प्रतियोगितामा अर्धशतक हिर्काउने तेस्रो खेलाडी समेत बने । यस्तै शैफ हसनले नटआउट ४० रनको योगदान गरे। यी दुबै ब्याटरबीच ७९ रनको साझेदारी समेत भयो ।

काठमाडौंका रिपोन मोन्डलले १ विकेट हात पारे । यसअघि कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौं १९.३ ओभरमा ११५ रनमा अलआउट भयो ।

जसमा भीम सार्कीले सर्वाधिक ३३ रन बनाए । जनकपुरका राहुल यादबले ४ विकेट झारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!