Paywear Banner Desktop
Paywear Banner Desktop

बालेनलाई मोदीको फोन, भने- सम्भव भएका सबै सहायताका लागि भारत तयार छ

काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई भारतीय समकक्षी नरेन्द्र मोदीले फोन संवाद गरेका छन्। मोदीले बालेनलाई फोन गरेर रसुवा बाढीपछि नेपालमा भएको क्षतिबारे जानकारी लिएर समवेदना व्यक्त गरेका हुन्। उनले अहिलेको कठिन घडीमा भारतका जनता नेपालीहरूको साथमा रहेको उल्लेख गरेका छन् ।

‘प्रधानमन्त्री बालेन्द्र साहसँग कुराकानी गरी नेपालमा बाढीका कारण भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गरें। यस कठिन घडीमा भारतका जनता नेपालका आफ्ना दिदीबहिनी तथा दाजुभाइहरूसँग ऐक्यबद्धताका साथमा छन्, ‘बालेनसँगको संवादपछि मोदीले भनेका छन्, ‘भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार छ।’

मोदीले उद्धार र राहतका लागि भारतीय अधिकारीहरूले नेपाली सरकारी अधिकारीसँग समन्वय गरिरहेको पनि जानकारी गराएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी
दुखी
अचम्म
क्रोधित
माया

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!