Paywear Banner Desktop
Paywear Banner Desktop

मधेशले मालिक खोजेको होइन, सेवक खोजेको हो : रवि लामिछाने

जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफ्ना सांसदलाई जनताको अपेक्षाअनुसार काम गर्न निर्देशन दिएका छन् ।

छठ पर्वको अवसरमा जनकपुरधाममा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सभापति लामिछानेले आफ्ना सांसदलाई जनताको मालिक नभई सेवक बनेर काम गर्न निर्देशन दिए । लामिछाने छठ पर्व मनाउने सन्दर्भमा शनिबार जनकपुर आइपुगेका हुन् ।

उनले सांसदको जीवनशैलीमा परिवर्तन नभई आफ्नो अमूल्य मत दिएका मतदाताको जीवनशैलीमा परिवर्तन आउने गरी काम गर्न पार्टीका सांसदलाई सुझाव दिए । जनताको अपेक्षाअनुसार काम नगरे अर्को चुनावमा यही जनताले तह लगाउन बेर नलगाउने सभापति लामिछानेले बताए ।

सभापति लामिछानेले चुनाव नजिकिएसँगै मधेश प्रदेशमा रास्वपाको टिकटका लागि अग्रीम उम्मेदवारी घोषणा गर्नेको चर्चा हुन थालेकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताए ।

उनले कतिपय स्थानबाट टिकट पक्का गराइदिने भन्दै आर्थिक लेनदेन समेत हुनथालेको भन्ने सुनेको बताए । सभापति लामिछानेले ती सबै टिकटको लोभ गरेर आफ्नो उम्मेदवारी घोषणा गर्नेहरुको सपना साकार नहुने बताए ।

उनले कसैलाई पनि टिकटको लागि पैसा लेनदेन नगर्न आग्रह गरे । कसैले टिकट दिने नाममा आर्थिक चलखेल गरेको सूचना पाए नजिकको प्रहरी चौकीमा गएर उजुरी दिन साभापति लामिछानेले आग्रह गरे । साथै उनले त्यस्तो जानकारी दिनेसमेतलाई रास्वपाले पुरस्कार दिने उद्घोष गरे ।

सभापति लामिछानेले विभिन्न काल खण्डमा भएका आन्दोलनहरुमा सहादत प्राप्त गरेका सम्पूर्ण सहिदहरुको रास्वपाले सम्मान गर्ने र उनीहरुले खोजेको हक अधिकार रास्वपाले मधेशलाई दिने प्रतिब्द्धता जाहेर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!