Paywear Banner Desktop
Paywear Banner Mobile

लभस्टोरी फिल्म ‘प्रेम अध्याय’ ३ पुसदेखि देशब्यापी प्रदर्शनमा आउने

काठमाडौं । चलचित्र ‘प्रेम अध्याय’ पुसको ३ गतेबाट रिलिजमा आउने भएको छ । निर्माताले मंगलबार पोस्टर सार्वजनिक प्रदर्शन मितिको घोषणा गरेका हुन् ।

लभस्टोरी तथा एक्सन जनराको यो फिल्मको पटकथा लेखन तथा निर्देशन किशोर चौधरीले गरेका हुन् । किरण चौधरी फिल्मका निर्माता हुन् ।

यो फिल्ममा सरोज खनाल, रामशरण चौधरी, ऋचा थापा, मुकुन्द श्रेष्ठ, मुकुन्द थापा, लक्ष्मण नेपाल, किशोर चौधरी, भुलान चौधरी, विजय श्रेष्ठ, कल्पना उपाध्याय लगायतका कलाकारहरुको अभिनय छ ।

सार्वजनिक पोष्टरमा फिल्मका अधिकांश कलाकार अटाएका छन् । अर्को एक पोष्टरमा पनि फिल्मका मुख्य नायक रिसाहा अवतारमा देखिएका छन् ।

विष्णु परियारको छायांकन रहेको फिल्ममा किशोर चौधरीको शब्द तथा संगीत, कमल राई र किशोर चौधरीको कोरियोग्राफी, किशोर चौधरीको सम्पादन छ ।

साहिल खानले यो फिल्मको टिजर र ट्रेलर तयार पारेका हुन् । आइडल डिजाइनर्सले पोष्टर तयार पारेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Mobile
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!