काठमाडौँ । युरोपेली घरेलु लिगको माथिल्लो डिजिभन शनिबारदेखि सुरु भएको छ र स्पेनी ला लिगाको नयाँ सिजनको पहिलो खेलमा एलाभेसले दस खेलाडीमा सीमित गेटाफेलाई सजिलै ३-० ले हराएको छ ।
त्यसमा मारिनो डियाजले एक गोल गरे र अन्य दुई गोलमा सहयोगी भूमिका पनि निभाए । गेटोफेले भने ४२ मिनेटयता १० खेलाडीमा सीमित भएर खेलेको थियो ।
विश्वकप २०२६ टुंगेको एक महिनापछि ला लिगा सुरु हुने युरोपको पहिलो ठूलो लिग रहेको छ । स्पेनले नै विश्वकपको उपाधि पनि जितेको थियो ।
खेलको ७३ आ मिनेटमा नाहुल टेनागिएले गोलको खाता खोलेपछि डियाजले इन्ज्युरी समयको पहिलो मिनेटमा दोस्रो गोल थपे ।
इन्ज्युरी समयको चौथो मिनेटमा मिखेल रोड्रिग्वेजले तेस्रो गोल गरे । गेटाफेले भने रातो कार्डमा किको फेमोनिआलाई गुमाएको हो ।