Paywear Banner Desktop
Paywear Banner Desktop

मंसिर १ गतेदेखि सञ्चालन हुने कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक

काठमाडौं । ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक गरेको छ। शाखाले सूचना जारी गरेर आगामी मंसिर १ गतेदेखि सञ्चालन हुने कोरियन भाषा परीक्षा तालिका सार्वजनिक गरेको हो।

यस पटक परीक्षामा दुईवटा नयाँ क्षेत्र थप गरिएको सूचनामा उल्लेख छ। यसअघि उत्पादनमुलक क्षेत्र र कृषि तथा पशुपालन क्षेत्रमा परीक्षा हुने गरेकोमा यसपटकदेखि सेवा क्षेत्र र वन क्षेत्र थप गरिएका हुन्।

परीक्षा क्षेत्रअनुसार सञ्चालन हुनेछ। नोभेम्बर १७ देखि सेवा क्षेत्र, नोभेम्बर १८ देखि वन क्षेत्रमा परीक्षा सञ्चालन हुनेछ। नोभेम्बर २० देखि कृषि तथा पशुपालन क्षेत्रको परीक्षा सञ्चालन हुने सूचनामा उल्लेख छ।

त्यसैगरी उत्पादनमुलक क्षेत्रको परीक्षा डिसेम्बर ११ देखि सुरु हुनेछ।

नोभेम्बर १७ देखि सुरु हुने परीक्षा २०२७ फेब्रुअरी २५ सम्म सञ्चालन हुने ईपीएस शाखाले जनाएको छ।

यस पटकको परीक्षाका लागि ७६ हजार १७३ जनाले आवेदन दिएका छन्। यसपटक पनि उत्पादनमूलक क्षेत्रमा आवेदन दिनेको संख्या सबैभन्दा धेरै छ। जसमा ५३ हजार १०३ जनाले उत्पादनमुलक क्षेत्रमा परीक्षा दिने छन्। कृषि तथा पशुपालनमा २० हजार ९०७, वन क्षेत्रमा १ हजार १२४ र सेवा क्षेत्रमा १ हजार ३९ जनाले आवेदन दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!