Paywear Banner Desktop
Paywear Banner Desktop

प्रहरी धरपकड र पक्राउविरुद्ध पत्रकार सडकमा

काठमाडौँ । पत्रकार र संचारगृहमाथि भइरहेको धरपकडविरुद्ध पत्रकारहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । शनिबार विहान नेपाल पत्रकार महासंघको आह्वानमा माइतीघरमा पत्रकारले प्रदर्शन गरेका हुन् ।

महासंघले पत्रकार पक्राउ, सञ्चारगृह माथि धरपकड र न्युजरूममा सरकार र प्रहरी हस्तक्षेप बढेपछि माइतीघरमा प्रदर्शन गरेको हो । प्रदर्शनमा पत्रकारहरुले सरकारी रवैयाको विरोधमा नरााबाजी गर्नुका साथै प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

वर्षा र झरीको प्रवाह नगरी पत्रकारहरु प्रदर्शनमा सहभागी भएका थिए । शुक्रबार साँझ प्रहरीले नयाँ पत्रिका र दियोपोष्टको कार्यालयमा धरपकड गर्ने प्रयास गरेको थियो ।

सोही क्रममा नेपाल प्रेस डटकमका विश्वमणि सुवेदी, मोटिभेट न्युज डटकमका शोभराज बराल र डिएनए खबरका धीरज बस्नेतलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका पत्रकारको रिहाइका लागि पत्रकार महासंघका प्रतिनिधिसहितका सञ्चारकर्मी साइबर ब्युरो पुगेका थिए । चौतर्फी विरोधपछि तीनै पत्रकारलाई प्रहरीले रिहा गरेको थियो ।

प्रदर्शनका क्रममा पत्रकारहरुले विचौलिया-प्रधामन्त्री न्यायालय कनेक्सन छानविन गर, प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर, संसद इजलास र समाचार कक्षको स्वतन्त्रता सम्मान गर लेखिएका प्लेकार्ड बोकेर बोकेर प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा नेपाल पत्रकार महासंघका पूर्ववरिष्ठ उपाध्यक्ष रमेश विष्टलगायतले प्रदर्शनलाई सम्बोधन गरे थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!