Paywear Banner Desktop
Paywear Banner Desktop

पत्रकार श्रेष्ठलाई नियन्त्रणमा लिएकोप्रति पत्रकार महासंघको आपत्ति

काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई प्रहरीको साइबर व्यूरोको टोलीले नियन्त्रणमा लिएकोप्रति पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले शनिबार विज्ञप्ति जारी गर्दै समाचारका विषयमा चित्त नबुझे प्रचलित र स्थापित विधिअनुरुप समाधान नखोजी साइबर ब्यूरोमार्फत पक्राउ गर्नु प्रेस र संविधान विरोधी कदम भएको जनाएको छ ।

यस्ता घटनाले लोकतान्त्रिक मूल्य मान्यता र स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यतालाई खिल्ली उडाउने काम भएको महासंघको ठहर छ ।

‘महासंघ प्रेस काउन्सिलको क्षेत्राधिकार मिचेर राज्यसत्ताको आडमा भएको स्वेच्छाचारी शैलीप्रति खेद प्रकट कडा भत्र्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रहरीले श्रेष्ठलाई निजी निवास नख्खुबाट नै नियन्त्रण लिएको र ब्यूरोको कार्यालयतर्फ लगेको थियो ।

तर, साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार दुवै जनाविरुद्ध उजुरी परेकाले छलफलका लागि बोलाइएको हो । ‘छलफलका लागि बोलाएका हौं । अरु विषयमा बोल्ने फुर्सद छैन,’ अवस्थीले भने ।

पत्रकार श्रेष्ठले भने आफूलाई समाचारकै विषयमा सोधपुछ गर्ने क्रममा प्रहरी आफ्नो घरमा आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!