Paywear Banner Desktop
Paywear Banner Desktop

जनकपुर-अयोध्या रेलसेवाको परीक्षण, प्रधानमन्त्रीको भारत भ्रमणमा उद्घाटन तयारी

जनकपुर । भारतको अयोध्यादेखि जनकपुरधामसम्म रेल सञ्चालनको तयारी तीव्र रुपमा भइरहेको छ । विगत एक महिनादेखि रेल सञ्चालनका निम्ति नेपाल र भारतीय रेल विभागका कर्मचारीहरुले पटक पटक अनुगमन तथा छलफल गर्दै आएका छन् ।

यसै क्रममा बिहीबार भारतबाट १७ बोगीको भारतीय प्यासेन्जर ट्रेन, ट्रयाक टेस्टका लागि जनकपुरधाम आइपुगेको छ ।

नेपाल रेल्वेका प्रबन्ध निर्देशक परिवेश पराजुलीका अनुसार ठूलो र बढी क्षमताको ट्रेन हालको ट्रयकमा चल्ने सक्छ कि सक्दैन भन्ने जाँच गर्नका लागि भारतबाट ईस्ट सेन्ट्रर रेल्वेले आज परीक्षण गरेको हो ।

उनका अनुसार आज आएको रेलमा भारतीय रेल विभागका ६७ जना पदाधिकारीहरु परीक्षणका लागि कुर्था स्टेशनसम्म रेलमा सवार भएर आएका हुन् । उक्त रेल आजै भारत फर्किने र परीक्षण रिर्पोट तयार गरी सम्बन्धित निकायमा बुझाउने प्रबन्ध निर्देशक पराजुलीले जानकारी दिए ।

अयोध्या जनकपुर रेल सञ्चालनको तयारी तीव्र रुपमा भइरहेतापनि कहिलेदेखि सुरु हुने भन्ने यकिन नभइसकेको पराजुलीले बताए ।

उनले दुबै देशका रेल विभागकाबीच पनि सम्झौत लगायतका कार्यहरु बाँकी रहेको जानकारी दिए । पराजुलीले नेपालतर्फका स्टेशन हल्टहरुको मर्मत सम्भार तथा सरसफाइका कार्यहरु भइरहेको बताए ।

प्रधानमन्त्री बालेन्द्र साह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्याबाट जनकपुरधामसम्म चल्ने रेलको उद्घाटन केही दिनपछि प्रधानमन्त्री साहको भारत भ्रमणको बेला संयुक्त रुपमा हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!