Paywear Banner Desktop
Paywear Banner Desktop

बहराइनमा इरानको पुनः ड्रोन आक्रमण, खाडी क्षेत्रमा तनाव चुलियो

तेहरान (एएफपी) । इरानले मंगलबार बहराइनमाथि पुनः ड्रोन आक्रमण गरेको छ । पाँच दिनभित्र बहराइनमाथि तीन पटक आक्रमण भएपछि खाडी क्षेत्रमा तनाव बढेको छ । यसैबीच, अमेरिकाविरुद्ध ‘डर्टी बम’ प्रयोग गर्ने योजना बनाएको भन्ने आरोपलाई इरानले अस्वीकार गरेको छ ।

सीएनएनले सात जना अमेरिकी अधिकारीलाई उद्धृत गर्दै इरानले अमेरिकी प्रशासनका वरिष्ठ अधिकारीलाई लक्षित गरी रासायनिक वा रेडियोधर्मी पदार्थ मिसाइएको बम प्रयोग गर्ने योजना बनाएको समाचार सार्वजनिक गरेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सम्भावित खतरालाई गम्भीरतापूर्वक लिएको बताएका छन् । उनले यस्तो खतरा वास्तविक भए इरानले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनीसमेत दिएका छन् ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले भने उक्त समाचारलाई ‘मनगढन्ते’ भन्दै खण्डन गरे । उनले इरानमाथि आक्रमण गर्नेहरूले सञ्चारमाध्यममार्फत आधारहीन आरोप फैलाएर आफ्नो योजनाको वातावरण बनाइरहेको बताए ।

मंगलबार बहराइनको राजधानीमा विस्फोटका आवाज सुनिएका थिए । सुरक्षा निकायले मोबाइल फोनमार्फत नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरेको थियो ।

बहराइनको सेनाले इरानबाट आएका कैयौँ हवाई आक्रमणलाई प्रतिकार गरी नष्ट गरेको जनाएको छ । यता इरानको रिभोलुसनरी गार्डसले अमेरिकी सेनाले सञ्चालन गरिरहेको शेख इसा एयर बेसको राडार प्रणालीलाई लक्षित गरी ड्रोन आक्रमण गरेको दाबी गरेको छ ।

यसैबीच, कतारले सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ । अमेरिकी नौसेनाले थप विमानवाहक युद्धपोत क्षेत्रतर्फ पठाएपछि सैन्य तनाव थप बढ्ने चिन्ता व्यक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!