Paywear Banner Desktop
Paywear Banner Desktop

इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा

तेहरान (रासस/एएफपी) । अमेरिकी सैनिकलाई मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर बराबरको इनाम दिने इरानी सेनाले आइतबार घोषणा गरेको छ । यदि यो कार्य कुनै महिलाले गरेमा इनाम दोब्बर हुने बताइएको छ ।

इरानी समाचार संस्था इर्नाले इरानी सेना प्रमुख अमिर हातमीलाई उद्धृत गरी लेखेको छ, ‘यो योजना ‘आर्थिक सहयोगमा सहभागी हुन चाहने ठूलो सङ्ख्याको अनुरोध’ आएपछि तयार पारिएको इरनाले यो जानकारी दिएको हो।

मध्यपूर्व युद्धका क्रममा इरानमा अमेरिकी स्थल सेना तैनाथ भएको कुनै जानकारी छैन। अपवाद स्वरूप अप्रिलमा एउटा खसेको अमेरिकी पाइलटलाई उद्धार गर्न छोटो मिशन चलाइएको थियो।

हातमीले अमेरिकी सैनिक कहाँ र कहिले मार्ने वा पक्रने भन्ने कुनै विवरण भने दिएका छैनन् ।

उनले भने, ‘आक्रमणकारी अमेरिकी सैन्य व्यक्तिलाई मार्ने वा पक्रेर बुझाउने जो कोहीले इस्लामी गणतन्त्र इरानको सेनाबाट ३० हजार डलर वा पाँच अर्ब तोमान बराबरको इनाम पाउनेछ।’ तोमान १० हजार इरानी रियल बराबरको अनौपचारिक एकाइ हो।

उनले थपे, ‘यस्तो काम गर्ने साहसी इरानी महिलाहरूले दोब्बर इनाम पाउनेछन्।

तेहरान र वासिङ्टनबीचको युद्ध फेब्रुअरी २८ मा सुरु भएको थियो। त्यतिबेला अमेरिका र इजरायलले मिलेर इरानमा आक्रमण गरेका थिए। करिब ४० दिनको लडाइँपछि अप्रिलमा युद्धविराम भएको थियो। त्यसपछि जुनमा शान्ति वार्ताको रूपरेखा बने पनि पछि त्यो असफल भएको थियो ।

त्यसयता इरान र अमेरिकाले बेलाबेलामा एक अर्कालाई आक्रमण गर्दै आएका छन् । लडाइँ मुख्यतया दक्षिणी इरान र हर्मुज जलमार्ग वरपर केन्द्रित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!