Paywear Banner Desktop
Paywear Banner Desktop

प्रधानमन्त्री बालेन शाहसँग भारतीय सेनाध्यक्षको भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री बालेन शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेटवार्ता गरेका छन् ।

रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री शाहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सेनाध्यक्ष सेठले मंगलबार भेटवार्ता गरेका हुन् ।

उक्त भेटमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव समेत सहभागी थिए । प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा सेनाध्यक्ष सेठ चारदिने भ्रमणको सिलसिलामा आइतबार काठमाडौं आएका थिए ।

सेनाध्यक्ष सेठलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने परम्परा छ ।

सोमबार नै प्रधान सेनापति सिग्देल र सेनाध्यक्ष सेठबीच द्विपक्षीय भेटवार्ता समेत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी
दुखी
अचम्म
क्रोधित
माया

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!