Paywear Banner Desktop
Paywear Banner Desktop

एनपीएलका सबै खेललाई आइसीसीले दियो मान्यता

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)का सबै खेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता पाएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो । ‘आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिताका सम्पूर्ण खेलले लिस्ट ए टी-२० को आधिकारिक मान्यता प्राप्त गरेका छन्’ विज्ञप्तिमा भनिएको छ ।

यसअघि गत शुक्रबार एनपीएललाई आईसीसीले मान्यता दिएको थियो । ‘लिस्ट ए स्टाटस’ का बारेमा भने बुधबार मात्र आधिकारिक जानकारी आएको हो ।

क्यानले यस मान्यताले नेपाली क्रिकेटको विकास, व्यावसायिकता र अन्तर्राष्ट्रिय पहिचान अभिवृद्धिमा थप योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

एनपीएल कात्तिक ९ देखि मंसिर ५ सम्म हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!