Paywear Banner Desktop
Paywear Banner Desktop

फेसवास कसरी गर्ने ?

अनुहारको छालालाई स्वस्थ, सफा र मुलायम तुल्याउन फेसवास आवश्यक हुन्छ। यद्यपि, फेसवास गर्ने तरिका सही हुन जरुरी हुन्छ। यदि सही तरिका नअपनाउने हो भने छालामा नोक्सान हुन्छ। फेसवाससम्बन्धी केही जानकारी थाहा पाउनुहोस्।

१) फेसवासका लागि राम्रो प्रोडक्ट चयन गर्नुपर्छ। आफ्नो छालाको किसिमअनुसार फेसवास रोज्नुपर्छ। हर्वल फेसवास सबैभन्दा राम्रो विकल्प हो। यसको साइडइफेक्ट हुँदैंन। तैलीय छालाका लागि नीम, एलोभेरा र मिन्ट फेसवास प्रयोग गर्न सकिन्छ। सुख्खा छालाका लागि केसर, मिल्क एण्ड हनी फेसवास प्रयोग गर्न सकिन्छ। डेड स्कीनका लागि स्क्रबवाला फेसवास प्रयोग गर्न सकिन्छ।

२) फेसवासका लागि बढी तातोपानी प्रयोग गर्नुहुन्न। यसले छाला खराब गर्न सक्छ। निकै चिसो पानी पनि उपयोगी हुन्न। फेसवासका लागि मनतातो पानी या ताजा पानीको प्रयोग उत्तम हुन्छ।

३) बढी रगड्नाले अनुहारको छाला सफा हुन्छ भनी धेरैजना सोच्छन्। तर, यस्तो होइन। यस्तो गर्नाले अनुहारको बाहिरी नरम छाला निस्कन सक्छ र छाला सुख्खा हुन सक्छ। यसैले हल्का र आरामका साथ छाला सफा गर्नुपर्छ।

४) अनुहार पुछ्नु पनि स्वस्थ राख्ने तरिका हो। तर, बढी रगडेर पुछ्नाले बाहिरी छालामा असर पर्न सक्छ। यस्तो गर्नाले छालाभन्दा तल रहेको कमजोर भाग प्रदुषण र घामको सिधा सम्पर्कमा आउन सक्छ। सौन्दर्य विशेषज्ञका अनुसार दिनमा दुईपटकभन्दा बढी अनुहार पुछ्नुहुन्न।

५) मानिस उति ध्यान दिँदैंनन्। तर, सौन्दर्यका हिसाबले मेकअप हटाउनु पनि जरुरी हुन्छ। यस्तो गर्नाले छालामा राम्रोसँग अक्सिजन पस्न पाउँछ। मेकअप नहटाउँदा छालाले राम्रोसँग अक्सिजन लिन पाउँदैन र क्षति हुन सक्छ।

६) दिनमा बिहान र बेलुका दुईपटक फेसवास गर्नु राम्रो मानिन्छ। यदि बढीपटक फेसवास गर्ने हो भने छालामा असर पर्न सक्छ। यदि मेक–अप, सनस्क्रीन आदिको प्रयोग नगर्ने हो भने राती विना फेसवास जेल पानीले मात्र अनुहार धुन सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी
दुखी
अचम्म
क्रोधित
माया

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!