Paywear Banner Desktop
Paywear Banner Mobile

गृहमन्त्री गुरुङले गोरखाको होमस्टेबाट बिहे गर्दै, रवि र बालेन पनि सहभागी हुने

१७ मंसिरमा बिहे

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गृह जिल्ला गोरखास्थित एक होमस्टेमा बिहे गर्ने भएका छन् । गृहमन्त्री सचिवालयका एक सदस्यका अनुसार १७ मंसिरमा बिहे हुन लागेको हो ।

विवाह पूर्ण रुपले गुरुङ परम्पराअनुसार हुने र त्यसमा थोरै व्यक्ति मात्रै सहभागी हुने गरी तयारी थालिएको ती सदस्यले बताए । उनले भने, ‘रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाह पनि बिहेमा सहभागी हुनुहुनेछ ।’

गृहमन्त्रीले निकटस्थलाई बताएअनुसार हाल परम्परागत रूपमा विवाह गर्ने भनिएकी युवतीसँग दुई वर्षअघि नै कोर्ट म्यारिज गरेका थिए । त्यसलगत्तै अमेरिका पुगेकी युवती उतै व्यवसायमा संलग्न थिइन् ।

लामो समयदेखिको छलफलपछि ती युवती परम्परागत रूपमा बिहे गर्न तयार भएको र अब अमेरिका छाडेर यतै बस्ने गरी फर्कने निकट स्रोतले बतायो ।

गृहमन्त्रीले बिहे हुने गाउँ भने सार्वजनिक गरिसकेका छैनन् । गृहमन्त्री सचिवालयका एक सदस्यले बिहे हुने गाउँलाई ‘वेडिङ डेस्टिनेसन’ बनाउन सकिन्छ भन्ने सोचका साथ यो योजना बनाइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी १
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Mobile
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!