Paywear Banner Desktop
Paywear Banner Desktop

प्रस्तावित राजदूतविरुद्धका उजुरीमाथि संसदीय सुनुवाइ समितिमा छलफल

काठमाडौं । संसदीय सुनुवाइ समिति (संयुक्त) ले विभिन्न मित्रराष्ट्रका लागि प्रस्तावित राजदूतविरुद्ध परेका उजुरीका सम्बन्धमा उजुरीकर्ताहरूसँग छलफल गरेको छ ।

समितिको बैठकमा प्रस्तावित राजदूतविरुद्ध प्राप्त उजुरीका विषयमा जानकारी लिन उजुरीकर्तालाई आमन्त्रण गरिएको थियो । विभिन्न १३ वटा मित्रराष्ट्रका लागि प्रस्तावित राजदूतविरुद्ध चार जनाबाट सातवटा उजुरी प्राप्त भएको समितिले जनाएको छ ।

बैठकमा भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डे, चीनका लागि प्रस्तावित राजदूत कल्याणराज शर्मा, अमेरिकाका लागि प्रस्तावित राजदूत चिरनजंग थापा र बेलायतका लागि प्रस्तावित राजदूत गौरवशमशेर जबरासँग सम्बन्धित उजुरीका विषयमा छलफल गर्ने कार्यसूची थियो ।

समितिका सभापति बोधनारायण श्रेष्ठले जापानका लागि प्रस्तावित राजदूत ज्ञानप्रसाद थापासम्बन्धी उजुरी दर्ता गराएका उजुरीकर्ता उज्ज्वलकृष्ण श्रेष्ठ समितिको सम्पर्कमा नआएको जानकारी गराएका थिए । उनी उपस्थित नभएकाले पछि सम्पर्कमा आएमा छलफल गर्न सकिने र तत्कालका लागि उनको विषयलाई प्रक्रियामा अघि नबढाइएको सभापति श्रेष्ठले बताएका थिए ।

भारतका लागि नेपालका प्रस्तावित राजदूत डा निश्चलनाथ पाण्डे 

त्यसैगरी, साउदी अरबका लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनारविरुद्ध उजुरी दिने उजुरीकर्ता रमेश परियारलाई उपस्थित गराउने विषयमा पनि बैठकमा जानकारी लिइएको थियो ।

भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डेविरुद्ध उजुरी दिने अस्ट्रेलियाकी दीपा भण्डारीले भने आफू समितिमा उपस्थित हुन नसक्ने र आफ्नो उजुरी पढेर सुनाइदिन इमेलमार्फत अनुरोध गरेको जानकारी बैठकमा गराइएको थियो । समितिले उनको इमेल प्राप्त भएको विषयलाई अभिलेखमा लिने जनाएको थियो ।

साउदी अरबका लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनारविरुद्ध परेको अर्को उजुरीका सम्बन्धमा उजुरीकर्ताको तर्फबाट वारेसनामा लिएर प्रतिनिधि उपस्थित भएको विषय पनि बैठकमा उठेको थियो। समितिले प्रस्तावित राजदूतविरुद्ध प्राप्त उजुरीमाथि सुनुवाइ प्रक्रिया अघि बढाउने क्रममा उजुरीकर्ताहरूको उपस्थिति, अनुपस्थितिको जानकारी तथा इमेलमार्फत प्राप्त प्रतिक्रियाका विषयमा छलफल गरेको हो ।

संयुक्त राज्य अमेरिकाका लागि नेपालका प्रस्तावित राजदूत चिरन जङ्ग थापा 

चीनका लागि नेपालका प्रस्तावित राजदूत कल्याणराज शर्मा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!