Paywear Banner Desktop
Paywear Banner Desktop

शिक्षकलाई गाडी किन्न सरकारले ब्याजमा सहुलियत दिने

काठमाडौँ । शिक्षकलाई सवारीसाधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ ।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले रु ४० लाखसम्मको सवारीसाधन खरिद गर्न सक्नेछन् ।

यसैगरी, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले रु चार लाखसम्मको दुईपाङ्गे् र सवारीसाधन खरिद गर्नसक्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार सवारीसाधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्ताको ब्याजसरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!