Paywear Banner Desktop
Paywear Banner Desktop

सरकार र डा केसीबीच छ बुँदे सहमति : तोडियो अनशन

काठमाडौँ । सरकार र अनशनरत डा गोविन्द केसीबीच छ बुँदे सहमति भएको छ । सहमतिसँगै गएराति डा केसीले आफ्नो २५औँ सत्याग्रह अन्त्य गरेका छन् ।

पटकपटकको छलफलपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गएराति त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर डा केसीसँग सहमति गरी अनशन तोडाएका हुन् ।

डा केसीको अनशन तोडिएसँगै मन्त्री पोखरेलले अब यो नै डा केसीको अन्तिम अनशन रहेको बताए । उनले भने, ‘यो डा केसीको अन्तिम अनशन हो । उहाँसँग भएका सहमतिअनुसार कार्यान्वयन प्रक्रिया अघि बढ्छन् ।’

डा केसी र सरकारबीच भएको सहमतिमा डा केसी, मन्त्री पोखरेल, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा डा जगदीश अग्रवाल, सांसद पुकार बम र नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा बद्री रिजालले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!