Paywear Banner Desktop
Paywear Banner Desktop
मन्त्रिपरिषद् बैठक

गोरखा, बागलुङ  र धादिङका बाढी प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले बाढी, पहिरोबाट प्रभावित जिल्लाहरू गोरखा, बागलुङ र धादिङका विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बागलुङका गलकोट नगरपालिका र ढोरपाटन नगरपालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो।

गोरखाको चुमनुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाका वडा नम्बर १ र २ लाई पनि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरिएको छ।

सरकारका अनुसार २०८३ असोज ८ देखि ११ गतेसम्म भएको वर्षाका कारण आएको बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रहरूलाई लक्षित गरी उक्त निर्णय गरिएको हो।

विपद् संकटग्रस्त क्षेत्र घोषणा भएपछि प्रभावित क्षेत्रमा राहत, उद्धार, पुनःस्थापना तथा पुनर्निर्माणसम्बन्धी काम अघि बढाउन प्रक्रियागत जटिलता हट्ने र काम छिटोछरितो रूपमा सञ्चालन गर्न सहज हुने सञ्चारमन्त्री विक्रम तिमल्सिनाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!