Paywear Banner Desktop
Paywear Banner Desktop

कांग्रेस सभापतिमा गगन थापा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट पार्टीको नयाँ सभापतिमा गगनकुमार थापा बहुमतका साथ निर्वाचित भएका छन् ।

राष्ट्रिय सभागृहमा सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार थापा ६ हजार ५ सय ८४ मत प्राप्त गर्दै सभापति पदमा विजयी भएका नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । उनका निकटतम प्रतिद्वन्द्वी श्यामकृष्ण खड्गीले ३ सय ७५ मत प्राप्त गरे ।

केन्द्रीय निर्वाचन समितिका अनुसार निर्वाचनमा कुल ७ हजार १३ मत खसेको थियो । जसमध्ये ६ हजार ९ सय ५९ मत सदर भएको थियो भने ५४ मत बदर भएको छ ।

नेपाली कांग्रेसको विधान, २०१७ (एघारौं संशोधन सहित) तथा निर्वाचन निर्देशिका २०८३ बमोजिम आवश्यक प्रक्रिया पूरा गरी मतगणना सम्पन्न पश्चात् निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्का, सदस्य-सचिव राजु कटुवाल तथा सदस्य सुजन लोप्चनले मत परिणाम प्रमाणीकरण गर्दै थापा निर्वाचित भएको औपचारिक घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!