Paywear Banner Desktop
Paywear Banner Mobile

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर १४८ रुपैयाँ ५८ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा कायम गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ३० पैसा र बिक्रीदर १६२ रुपैयाँ ९६ पैसा, पाउन्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ५९ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३८ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १७६ रुपैयाँ १४ पैसा र बिक्रीदर १७६ रुपैयाँ ८५ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ ९२ पैसा, क्यानेडियन डलर १०३ रुपैयाँ १८ पैसा, सिङ्गापुर डलर ११४ रुपैयाँ ७१ पैसा र चिनियाँ युआन २२ रुपैयाँ १६ पैसा कायम गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३३ पैसा, साउदी रियाल ३९ रुपैयाँ ४४ पैसा, कतारी रियाल ४० रुपैयाँ ६१ पैसा र यूएई दिराम ४० रुपैयाँ २९ पैसा रहेको छ ।

त्यस्तै, कुवेती दिनार एकको खरिददर ४७८ रुपैयाँ ९० पैसा, बहराइन दिनार ३९२ रुपैयाँ ३१ पैसा र ओमनी रियाल ३८४ रुपैयाँ ३५ पैसा कायम गरिएको छ ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले विनिमयदर आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर फरक हुन सक्ने र अद्यावधिक दर बैंकको वेबसाइटमा उपलब्ध हुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Mobile
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!