Paywear Banner Desktop
Paywear Banner Desktop

अर्थमन्त्रीको स्पष्टीकरण : नोटबन्दीबारे सोचेका छैनौँ

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नोटबन्दी गर्नेबारे नसोचेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको नागरिक, नीति र नेतृत्व संवाद कार्यक्रममा उनले यस्तो स्पष्टीकरण दिएका हुन् ।

छलफलमा सहभागी नागरिकहरूले नोटबन्दी किन नगर्ने ? भनी प्रश्न गरेका थिए । त्यसमा उनले सरकारको धारणा स्पष्ट पारे । उनले भने, ‘नोटबन्दीका बारेमा यहाँहरूका रोचक प्रश्नहरू सुने, तर, अहिले हामीलाई यो उपयुक्त हुन्छ जस्तो लाग्दैन । नोटबन्दीबारे हामीले सोचेका छैनौँ,’ उनले भने ।

यो अभ्यास गरेका अन्य मुलुकहरूमा पनि नोटबन्दीको सफलता राम्रो नदेखिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी
दुखी
अचम्म
क्रोधित
माया

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!