Paywear Banner Desktop
Paywear Banner Desktop

धनगढीबाट काठमाडौं आउँदै गरेको बस नवलपरासीमा दुर्घटना, ३३ घाइते (सूचीसहित)

काठमाडौं । धनगढीबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोतीमा दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् ।

सोमबार बिहान करिब ६ः४० बजे कावासोती नगरपालिका-११ लोकाहास्थित पूर्व-पश्चिम राजमार्गमा सु.प्र.०१-००१ ख ३४७५ नम्बरको बस दुर्घटनामा परेको हो । चालकले बसको नियन्त्रण गुमाउँदा बस सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार दुर्घटनामा ३३ जना यात्रु घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घाइतेमध्ये केही बालबालिका तथा वृद्धवृद्धासमेत रहेका छन् ।

पण्डितले दिएको जानकारी अनुसार दुर्घटनामा घाइते हुनेमा दार्चुलाका केशव धामी (३२), प्रतीक्षा धामी (९), दयाकृष्ण जोशी (३४), नविना भट्ट (१४), रोहित लोथेल (२०), बैतडीका धाना चन्द (७८), प्रेमबहादुर चन्द (३९), डम्बरबहादुर माली (३७), राजेन्द्र जोशी (३१), भागरथी जोशी (३०), रेणुका जोशी (२), महेश बिसी (२१), कैलालीका शिवदत्त राना (३९), महेश पाण्डे (३२), खेमा मल्ल (१९), शोभा मल्ल (२८), जेनी राना (२०), चाँदनी खत्री (२२) र जानु चौधरी (२०) रहेका छन् ।

त्यस्तै, डडेल्धुराका रोहित लोथेल, डम्बर सिंह साउद (४२), गीता कठायत (४०), रक्षा कठायत (२०), पुष्पा भाट (२०) र पवित्रा रावल (२३), कञ्चनपुरका बसन्त बलायर (३०) र प्रिया साउद (२५), डोटीका अमित साउद (१७), अंकित यादव (१८), ज्योति बुडाल (२४) र धिरज बुडाल (१५) तथा धनुषाका भानु यादव (१८) र दार्चुलाकी श्रुती जोशी (७) पनि घाइते भएका छन् ।

दुर्घटनामा संलग्न बसका चालक कैलालीको लम्कीचुहा नगरपालिका–१० का ४७ वर्षीय ठग्गराम डगौरा थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसलाई दुर्घटनास्थलबाट हटाएर सडक किनारमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!