ज्योतिषशास्त्र अनुसार आजको दिन बाह्रै राशिका जातकहरूका लागि फरक-फरक प्रभाव लिएर आएको छ। ग्रह-नक्षत्रको स्थिति अनुसार तयार पारिएको आजको राशिफलले प्रत्येक राशिका जातकले आज कस्तो दिन बिताउने भन्ने संकेत गर्छ। मेषदेखि मीन राशिसम्मको विस्तृत भविष्यवाणी तलका अनुच्छेदहरूमा उल्लेख गरिएको छ।
मेष : कुनै कुराले गर्दा काममा अलमल हुन सक्छ । सुझबुझले काम गर्ने प्रयास गर्नुपर्नेछ । कुनै पनि कुरामा नहतारिनु शान्त रूपले काम गर्नु उपयुक्त हुनेछ ।
वृष : समय आफू अनुकूल बन्दै जानेछ । काम गर्दा विभिन्न माध्यमबाट सहयोग पुग्नेछ । विविध कुराले गर्दा मन खुसी रहनेछ ।
मिथुन : कसैलाई तपाईंको सल्लाह सुझावको आवश्यकता पर्न सक्छ । तपाईंको कुराको मान राखिनेछ । कुनै कामले एकैछिन कतै निस्किनुपर्ला ।
कर्कट : समस्याको समाधान हुनेछ । क्रमशः सबै कुरा मिल्दै जानेछन् । व्यक्तिगत काममा पनि समय दिन पाउँदा मन खुसी हुनेछ ।
सिंह : कुनै कुराले नजानिँदो गरी व्यस्त बनाउनेछ । समयसन्दर्भ विचारेर काम गर्नुपर्ने बेला छ । आफू असम्बद्ध कुरामा मौन रहनु नै मनासिब रहनेछ ।
कन्या : कुनै कार्यक्रममा सहभागिता जनाउनुपर्ने हुन सक्छ । सोचे अनुसार सबै कुरा मिल्दै जानेछन् । कुनै कुराले मनमा खुसी प्रदान गर्नेछ ।
तुला : मनमा भएको बोझ हटेर जानेछ । प्रियजनसित भेटघाट गर्ने मौका जुट्नेछ । प्रायः सबै कामहरू आफ्नै अनुकूलतामा सम्पन्न हुनेछन् ।
वृश्चिक : कुनै कामको जिम्मेवारी आइलाग्न सक्छ । समयावस्था विचारेर कुनै कुनै काममा हेरफेर हुन सक्छ । आफू असम्बद्ध कुरामा तर्किने प्रयास गर्नुपर्नेछ ।
धनु : कुनै कुराले गर्दा तनले थकित अनुभव गर्नेछ । नगरी नहुने काममा जोड दिनुपर्नेछ । समयावस्था हेरी कुनै कुनै कामबाट तर्किने प्रयास हुनेछ ।
मकर : कुनै कुराले गर्दा मन चंगा रहनेछ । मन खुसी हुँदा जुनै काम पनि सहज लाग्नेछ । ज-जसले जे जे भने गरे पनि तपाईंलाई केही फरक पर्ने छैन ।
कुम्भ : आफूले आफैंलाई सहज बनाउँदै लगिनेछ । क्रमशः सबै कुरा मिल्दै जानेछन् । विभिन्न माध्यमबाट काममा सहयोग पुग्नेछ ।
मीन : कुनै नयाँ काम आइलाग्न सक्छ । सकेसम्म बेलैमा काम सकी फुत्किन खोजिनेछ । आफैंले आफ्नो अनुकूलता विचारी अगाडि बढ्न खोजिनेछ ।