Paywear Banner Desktop
Paywear Banner Desktop

चितवनमा पहिचान हुन नसकेका शव जमिनमुनि व्यवस्थापन गरिने

चितवन । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीपछि चितवनमा संकलन गरिएका पहिचान हुन नसकेका तथा बेवारिसे शवको व्यवस्थापन गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार सूचना जारी गर्दै बाढीपछि जिल्लामा हालसम्म संकलन भएका २३३ शवमध्ये ८ वटा पहिचान भएको र २२९ वटा शव होल्डिङ सेन्टर तथा विभिन्न स्वास्थ्य संस्थामा रहेको जनाएको छ ।

होल्डिङ सेन्टर, स्वास्थ्य संस्था तथा नदी तटबाट संकलन गरिएका केही शव तथा शवका अवशेष सडेर-गलेर पहिचान गर्न नसकिने अवस्थामा पुगेको प्रशासनको भनाइ छ।

ती शव तत्काल व्यवस्थापन नगर्दा संक्रमण तथा महामारी फैलिन सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरूको राय तथा विश्लेषण रहेको सूचनामा उल्लेख छ।

यसैलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति चितवनको शनिबार बिहान बसेको निर्णयअनुसार पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापनसम्बन्धी निर्देशिका, २०८३ बमोजिम सबै शवलाई जमिनमुनि व्यवस्थापन गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

शव व्यवस्थापन गर्नुअघि सबै शवको डीएनए नमूना संकलन गरी संकेत नम्बरका आधारमा अभिलेख राखिने छ । त्यसपछि भरतपुर महानगरपालिका–९, देवघाटस्थित खुला स्थानमा आजैदेखि शव व्यवस्थापन गरिने प्रशासनले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी
दुखी
अचम्म
क्रोधित
माया

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!