Paywear Banner Desktop
Paywear Banner Desktop

दशैंका लागि चीनले ३ दिन तातोपानी नाका खुलाउने

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहको पहलपछि चीनले तातोपानी नाका तीन दिनका लागि अस्थायी रूपमा सञ्चालन गर्ने भएको छ ।

चिनियाँ पक्षले नेपाली पक्षको आग्रह स्वीकार गरेसँगै दशैंको समयमा आपूर्ति व्यवस्था सहज बनाउने उद्देश्यले अक्टोबर १८ देखि २० सम्म तातोपानी नाका सञ्चालनमा ल्याउने सहमति जनाएको हो ।

उक्त अवधिमा नाकाबाट कार्गो ट्रकलाई मात्र आवतजावत गर्न अनुमति दिइनेछ।

दशैंका बेला अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउने उद्देश्यले नाका अस्थायी रूपमा सञ्चालनमा ल्याउन पहल गरिएको जनाइएको छ।

नाका सञ्चालन गर्ने निर्णयलाई नेपाल-चीनबीचको समन्वय र सहकार्यको परिणामका रूपमा लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!