Paywear Banner Desktop
Paywear Banner Desktop

सबै धर्म, संस्कृति र परम्पराको संरक्षणमा सरकार प्रतिबद्ध छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना व्यक्त गरेका छन् । उनले छठ पर्वले समाजमा सकारात्मक ऊर्जा भर्दै सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य पूरा गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री शाहले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै भगवान् सूर्यदेव र छठी माताको आराधना गरी मनाइने यस पर्वले सबैको जीवनमा सुख, शान्ति, आरोग्य र समृद्धि ल्याउने कामना गरेका छन् ।

उनले छठ पर्वलाई प्रकृति र आस्थासँग जोडिएको महान् पर्वका रूपमा उल्लेख गर्दै यसले जीवनको गहिरो दर्शनसमेत सिकाउने बताएका छन् । उदाउँदो सूर्यसँगै अस्ताउँदो सूर्यलाई पनि समान श्रद्धा र सम्मानका साथ अघ्र्य दिने परम्पराले प्रकृतिप्रतिको कृतज्ञता र जीवनका हरेक अवस्थालाई सम्मान गर्न प्रेरित गर्ने उनको भनाइ छ ।

प्रधानमन्त्री शाहले चार दिनसम्म विधिपूर्वक मनाइने छठ पर्वको धार्मिक तथा सांस्कृतिक महत्त्व पनि उल्लेख गरेका छन् । पर्वको पहिलो दिन नहाय-खाय, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई र चौथो दिन उदाउँदो सूर्यलाई जलाशयको किनारमा अघ्र्य दिने परम्परा रहेको उनले स्मरण गराएका छन् ।

सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले छठ पर्वले राष्ट्रिय एकता, सामाजिक सद्भाव र सकारात्मक सोचलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।

आफ्नो शुभकामना सन्देशको अन्त्यमा उनले मैथिली भाषामा समेत शुभकामना दिँदै ‘छैठके बहुत रास शुभकामना १ दीनानाथ आ छैठ परमेश्वरी सब के जीवन में सुख, शान्ति आ समृद्धि लइथिन से कामना करैछि’ भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!