Paywear Banner Desktop
Paywear Banner Desktop

क्यासिनोमा प्रहरीको छापा, एक कर्मचारीसहित पाँचजना पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले वीरगञ्जको एक क्यासिनोमा दोस्रोपटक छापा मार्दै चार नेपाली र एक कर्मचारीसहितलाई पक्राउ गरेको छ । गण्डकस्थित क्लार्क रिसोर्टमा सञ्चालित गोल्डेन फिगर क्यासिनोमा छापा मारेर जुवा खेलिरहेको अवस्थामा पाँच जना नेपाली नागरिकलाई पक्राउ गरेको हो ।

प्रहरीले क्यासिनोमा नेपाली नागरिकले जुवा खेलिरहेको सूचनाका आधारमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका-४ का ५० वर्षीय रामचन्द्र साह, प्रसौनी गाउँपालिका-१ का ४७ वर्षीय सुवास कुमार, प्रसौनी गाउँपालिका-३ का अच्छेलाल प्रसाद तथा रौतहटको बौधिमाई नगरपालिका-९ का सुमेश्वर जैसवाल छन् ।

छापामारीको क्रममा प्रहरीले क्यासिनोमा कार्यरत एक जना कर्मचारीलाई समेत पक्राउ गरेको छ । पक्राउ पर्ने कर्मचारी बाराको परवानीपुर गाउँपालिकाका सुनिल पटेल रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार छापामारीका क्रममा पक्राउ पर्नेहरुबाट नगद, क्यासिनोमा प्रयोग हुने क्वाइन, मोबाइल फोनलगायतका सामग्री समेत बरामद गरिएको छ ।

क्यासिनोमा नेपाली नागरिकले जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका निमित सुचना अधिकारी प्रहरी निरिक्षक विकास राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!