Paywear Banner Desktop
Paywear Banner Desktop

मधेशमा नयाँ सरकार गठनका लागि आह्वान

काठमाडौं । मधेश प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवको राजिनामा शनिबार स्विकृत गरेका छन् ।

यादवले नेपालको संविधानको धारा १६९ उपधारा–१० को खण्ड (क) अनुसार शनिबार राजिनामा दिएका थिए ।

राजिनामा स्विकृतिसँगै प्रदेश प्रमुख कर्णले नयाँ सरकार गठनका लागि आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेश प्रमुखको कार्यालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मंसिर ४ गते शुक्रवार दिनको चार बजेभित्र मधेश प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि आफ्नो दावी पेश गर्न आह्वान गर्नुभएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!