काठमाडौं । भुवन केसी निर्देशित फिल्म ‘बाटुलो जून’ बिहीबारदेखि देशब्यापी प्रदर्शनमा आएको छ । फिल्मको ओपनिङ उत्साहजनक हुने देखिन्छ ।
बिहीबार पनि तिहार बिदा र शनिबार तथा आइतबार सप्ताहन्त भएकाले बिदाको फाइदा यो फिल्मले उठाउन सक्छ । यो समाचार लेख्दासम्म बिहीबार मुख्य मल्टिप्लेक्स चेन र प्रमुख सहरका हलको अकुपेन्सी खचाखच देखिन्छ ।
पश्चिम नेपाल र सेकेन्ड टायर सहरका हलको अकुपेन्सी भने तुलनात्मकरुपमा न्यून देखिन्छ । टिजर र ट्रेलर देखि नै फिल्मले सकारात्मक प्रतिक्रिया पाइरहेको देखिन्छ ।
यद्यपि, उक्त सकारात्मक प्रतिक्रियालाई फिल्मले कसरी अकुपेन्सीमा रुपान्तरण गर्छ भन्ने कुरा हेर्न बाँकी नै छ । फिल्ममा अनमोल केसी, प्रिन्सी खतिवडाको शीर्ष भूमिका छ । फिल्मले दुई टाइमलाइनको प्रेमकथा पेश गर्छ ।