Paywear Banner Desktop
Paywear Banner Desktop

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौं । बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्।

पोखराले उनलाई टोलीमा अनुबन्ध गरेको जनाएको हो । ‘‘बङ्गलादेशका उत्कृष्ट अलराउन्डर तथा आइसिसी टी-२० अन्तरराष्ट्रिय बलिङ बरियतामा आठौँ स्थानमा रहेका हसन एनपिएलको तेस्रो संस्करणमा एभेन्जर्सको जर्सीमा खेल्न छन्,’’ पोखराले आज सामाजिक सञ्जाल फेसबुक पेजमा लेखेको छ ।

३१ वर्षीय मेहदीले हालसम्म बङ्गलादेशका ७८ टी-२० अन्तरराष्ट्रिय र १२ एकदिवसीय अन्तरराष्ट्रिय खेल खेलेका छन् । उनले टी-२० मा ७८ र एकदिवसीयमा १५ विकेट लिएका छन् ।

मेहदीले विभिन्न छवटा टोलीबाट बङ्लादेश प्रिमियर लिग (बिपिएल) समेत खेलेका छन् । एनपिएल उनका लागि पहिलो विदेशी लिग हुनेछ । पोखराले तेस्रो संस्करणको एनपिएलका लागि बङ्लादेशका पूर्वकप्तान शाकिब अल हसनलाई पनि अनुबन्ध गरिसकेको छ ।

एनपिएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि काठमाडौँमा आयोजना हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!