Paywear Banner Desktop
Paywear Banner Mobile

आतिफ अस्लम ४ पुसमा इटहरीमा गुञ्जिने

काठमाडौं । पाकिस्तानी गायक आतिफ अस्लम पहिलोपटक इटहरीमा गुञ्जिने भएका छन् ।

जय मिडिया म्यानेजमेन्टले आगामी पुस ४ गते आयोजना गर्न लागेको ‘इस्टर्न इकोज’ नामक कन्सर्टमा गायक आतिफले पुराना र नयाँ गीत सुनाउनेछन् । कार्यक्रम सुनसरीको इटहरी रंगशालामा आयोजना हुनेछ ।

आतिफले गाएका ‘वो लम्हे, वो बाते’, ‘पेहेली नजर मे’, ‘तु जाने ना’, ‘तेरे होने लगा हुँ’ गीतहरु श्रोता तथा दर्शकमाझ चर्चित छन् ।
आयोजक जयराज रायले काठमाडौंमा मात्रै सीमित अन्तर्राष्ट्रिय स्तरका कन्सर्ट काठमाडौं बाहिर पनि गर्न सकिन्छ भन्ने उदाहरण दिन इटहरीमा गर्न लागिएको बताए ।

‘सीमावर्ती भारतीय सहरहरूसमेत नजिक रहेकाले कन्सर्टमा भारतबाट मात्रै ८ देखि १० हजार दर्शक आउने हाम्रो अपेक्षा छ’, उनले भने, ‘कन्सर्टले पूर्वी नेपालको पर्यटन, होटल तथा स्थानीय व्यवसाय प्रवर्द्धनमा समेत टेवा पुर्‍याउने विश्वास लिएका छौं ।

आयोजकका अनुसार दर्शकहरूले खल्ती एप प्रयोग गरी डिजिटल माध्यमबाटै कन्सर्टको टिकट खरिद गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Mobile
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!