Paywear Banner Desktop
Paywear Banner Desktop

अमरेशले थाले मेची महाकाली पदयात्रा, जनताका कुरा रवि र बालेनलाई बुझाउने 

जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले मेची महाकाली पदयात्रा सुरु गरेका छन् । जनकपुरधामको जानकी मन्दिरमा दर्शन गरेर उनले मेची महाकाली पदयात्राको सुरुवात गरेका छन् ।

सांसद सिंहलाई रास्वपाका सभापति रवि लामिछानेले राष्ट्रिय झन्डा र पार्टीको झन्डा हस्तान्तरण गरेर पदयात्राका लागि शुभकामना दिए । सभापति लामिछानेले सांसद सिंहलाई पदयात्रा दल र राजनीति भन्दा माथि उठेर देशमा शान्ति तथा सद्भाव र राष्ट्रिय एकताको सन्देश दिने गरी सम्पन्न गर्न शुभकामना दिए ।

सभापति लामिछानेले उक्त पदयात्राले सम्पूर्ण जाती, भाषा, संस्कृतिलाई एकै ठाउँमा जोड्ने सन्देश निस्किने किसिमले सांसद सिंहलाई सफलताको शुभकामना दिए । यता, सांसद सिंहले आजबाट सुरु गरेको पदयात्रा पहिलो चरणको मात्र भएको बताए ।

उनले माघ एक गत्ते यो पदयात्रा समाप्त हुने र त्यसपछि दोस्रो चरणमा आगामि बैशाखमा मध्य पहाडी लोकमार्ग पदयात्रा सुरु गर्ने जानकारी गराए । उनले यस पदयात्रामा दैनिक ५ घण्टा पैदल हिँड्ने र ७ घण्टा जनताको कुरा सुन्ने बताए ।

सांसद सिंहले यस पदयात्रामा हरेक जातजाती, समुदाय, वर्ग, भाषाभाषीको कुरा र सरकारसंगको अपेक्षा एवम गुनासो सुन्ने बताए । उनले जनताले भनेको सम्पूर्ण कुरा उल्लेख गरी सभापति लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाउने जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!