Paywear Banner Desktop
Paywear Banner Desktop

दलको झोला बोक्ने र नेताको चाकडी गर्ने कर्मचारीमाथि कारबाही हुन्छ : गृहमन्त्री गुरूङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राजनीतिक दलको झोला बोक्ने र नेताको चाकडी गर्ने कर्मचारीमाथि कारबाही हुने बताएका छन् ।

श‍निबार सामाजिक सञ्जालमार्फत उनले राष्ट्रसेवक कर्मचारीको काम कुनै राजनीतिक दलको पक्षमा लाग्ने वा नेताको चाकडी गर्ने नभई देश र जनताको सेवा गर्ने भएको बताएका हुन्।

गृहमन्त्री गुरुङले सरकारमा पुगेदेखि नै कर्मचारीले राजनीतिक दलको झोला बोक्ने नभई जनताको सेवामा समर्पित हुनुपर्ने कुरा स्पष्ट पार्दै आएको बताएका छन्।

‘यति कुरा पटकपटक स्पष्ट पारिसक्दा पनि कसैले अझै दलको झोला बोकेर राजनीति गर्न पाइन्छ भन्ने भ्रम पालेको छ भने त्यो भ्रम आजै त्यागे हुन्छ’, उनले लेखेका छन्।

पदीय जिम्मेवारी बिर्सेर जनताको कामभन्दा नेताको चाकडीलाई प्राथमिकता दिने कर्मचारीमाथि कानुनबमोजिम कडा कारबाही हुने उनले चेतावनी दिएका छन्।

‘आफ्नो पदीय जिम्मेवारी बिर्सेर जनताको कामभन्दा नेताको चाकडीलाई प्राथमिकता दिने जोकोहीमाथि कानुनबमोजिम कडा कारबाही हुन्छ, यसमा कुनै सम्झौता हुँदैन’, उनले लेखेका छन्।

नेता र कर्मचारी सबैको साझा उद्देश्य देशप्रति समर्पित भएर जनताको सेवा गर्नु हुनुपर्ने उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!