Paywear Banner Desktop
Paywear Banner Mobile
फ्राइडे रिलिज

आजदेखि कमेडी फिल्म ‘ककाकिकी’ र रहस्यपूर्ण कथावस्तुको ‘सारथी’ हलमा

काठमाडौं । शुक्रबारदेखि नेपालका हलहरूमा ५ फिल्म प्रदर्शनमा आएका छन्, जसमा दुई नेपाली भाषाका छन् । नेपाली फिल्महरू ‘ककाकिकी’ र ‘सारथी’ सहित जापानी फिल्म ‘गोडजिला माइनस जिरो’ पनि छ ।

इमरान हासमी स्टारर बलिउड फिल्म ‘गनमास्टर जी-नाइन’ र आयुष्मान खुराना स्टारर ‘ए प्रेम मोल लिया’ पनि प्रदर्शनमा आएको छ ।

अब चर्चा गरौं, नेपाली फिल्महरूको । चर्चित टिभी कमेडी शो ‘कमेडी दरबार’को टिमले निर्माण गरेको ‘ककाकिकी’ कमेडी तथा सामाजिक कथावस्तुको फिल्म हो । गाउँमा अस्पाल बनाउन गाउँलले बैंक लुट्नुपर्छ भनेर लाग्दा आइलाग्ने अप्रत्याशित घटनाक्रमको कथा यसमा छ ।

विक्की अग्रवाल र श्रद्धा प्रसाइँद्वारा संयुक्तरुपमा निर्देशित फिल्ममा गौरी मल्ल, रेखा थापा, तृप्ती नाडकर, महेश त्रिपाठी लगायतको अभिनय छ । कमेडी कथावस्तु भएकाले पनि यो फिल्म कमेडी रुचाउने दर्शकमाझ प्रतीक्षित छ ।

‘सारथी’ अर्को प्रतीक्षित फिल्म हो जहाँ निरुता सिंह र उत्तम प्रधान २२ वर्षपछि पुनः पर्दामा फर्किएका छन् । धेरै समयपछि दर्शकले दर्पण छायाँ जोडीलाई यो फिल्ममा देख्न पाउनेछन् ।

आमा र छोराबीचको त्याग, समर्पण र प्रेमको कथावस्तु बोकेको यो फिल्म म्याग्दीको गुर्जामा छायांकन गरिएको हो । १४३ मिनेट रनटाइमको यो फिल्मलाई कुमार गजुरेलले निर्देशन गरेका हुन् । भिन्न विधाका फिल्म प्रदर्शनमा आएकाले तपाईंलाई रुचिअनुसार, यो फिल्म हेर्न सुविधा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Mobile
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!