Paywear Banner Desktop
Paywear Banner Mobile

‘सारथी’ लाई युनिभर्सल सर्टिफिकेट, रनटाइम २ घण्टा २३ मिनेट तय

काठमाडौं । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘सारथी’ ले केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ ।

समितिले मंगलबार सिनेमालाई युनिभर्सल सर्टिफिकेट दिएको हो । यो सँगै फिल्मलाई सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन् ।

कुमार गजुरेल निर्देशित फिल्म हेरेपछि समितिका पदाधिकारीले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । पारिवारिक कथा समेटिएको फिल्म उत्कृष्ट बनेको प्रतिक्रिया पाएको निर्देशक गजुरेल बताउँछन् ।

यो फिल्मको टिजर, गीत र ट्रेलरलाई पनि दर्शकले निकै रूचाएका छन् । फिल्ममा निरुता सिंह, उत्तम प्रधान, गायत्री जोशी र गिरी विश्वकर्मा मुख्य भूमिकामा छन् ।

सहायक भूमिकामा मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, कल्पना थापा, मदन थापा, अनिता कुईकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल, धिरेन कार्कीले अभिनय गरेका छन् ।

किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको फिल्मलाई संकल्प भुजेलले छायांकन गरेका हुन् । तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेको फिल्मको निर्माता रदिप श्रेष्ठ र प्रदीप रायमाझी हुन् ।

कार्यकारी निर्मातामा बेकबहादुर विश्वकर्मा र नवीन श्रेष्ठ छन् । अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा सह–निर्माता तथा अमिर केसी लाइन प्रोड्युसर हुन् ।

बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत, राजु खतिवडाको मुख्य सहायक निर्देशन तथा यमुना आचार्य र आशिष श्रेष्ठ सहायक निर्देशनमा बनेको छ । आरआर फिल्म्सले वितरण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Mobile
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!