काठमाडौँ । सान्भी इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको नृत्यप्रधान गीत ‘जाला जोवन’ युट्युबमा सार्वजनिक भएको छ । विवाहको मौसम चलिरहेका बेला रिलिज गरिएको यस गीतले दर्शक तथा श्रोताको मन जित्ने अपेक्षा छ ।
उक्त ब्यानरको पहिलो म्युजिक भिडियो भएकोले आफूहरूको लागि यो गीत महत्वपूर्ण रहेको निर्मात्री करिश्मा केसीले गरेकी छन् ।
निर्देशक शोभित बस्नेतले फिल्म र म्युजिक भिडियो सँगै सिरिज र पोडकास्ट समेत ल्याउने योजना रहेको बताएका छन् ।
शोभित निर्देशित गीतको भिडियोमा सलोन बस्नेको पनि अभिनय छ । मोडल विमला र सलोनलाई भिडियोमा आकर्षक जोडीको रुपमा प्रस्तुत गरिएको छ ।
सिडी विजय अधिकारी र शान्तिश्री परियारको स्वर रहेको गीतमा अर्जुन पोखरेलको सङ्गीत र मुक्त उदासको शब्द रचना छ ।
मौसम हिमालीको नृत्य निर्देशनमा तयार पारिएको भिडियोलाई सौरभ लामाले खिचेका हुन् । सम्पादन बन्दे प्रसादले गरेका हुन् ।