काठमाडौं । दयाहाङ राई स्टारर फिल्म ‘कबड्डी ५’ ले घरेलु बक्सअफिसमा पछिल्लो आइतबारसम्म १३ करोड रुपैयाँ ग्रसभन्दा धेरै कमाइ गरेको छ । चलचित्र विकास बोर्डले ६ मंसिरसम्मको कलेक्सन विवरण सार्वजनिक गरेको छ ।
जसअनुसार, रामबाबु गुरुङ निर्देशित फिल्मले सोही अवधिसम्म देशब्यापी १३ करोड २६ हजार रुपैयाँ ग्रस कमाइ गरेको छ । यसलाई ४ लाख २४ हजारभन्दा धेरै जना दर्शकले हेरेका छन् ।
भुवन केसी निर्देशित फिल्म ‘बाटुलो जून’ ले ८ करोड ३५ लाख ३७ हजार रुपैयाँ ग्रस कमाएको छ । अभिनेता अनमोल केसीको यो अर्को सुपरहिट फिल्म हो । सोही अवधिसम्म यसलाई २ लाख ६९ हजार जना दर्शकले हेरेका छन् ।
‘आबाट आमा २’ को कमाइ ७ करोड रुपैयाँ ग्रस नाघेको छ । चन्द्र पन्त निर्देशित फिल्मलाई २ लाख ४३ हजार जना दर्शकले हेरेका छन् ।
‘पेन्सन पट्टा’को कमाइ १० करोड ३६ लाख रुपैयाँ ग्रस छ । ‘बा : एक योद्वा’को कमाइ ३ लाख ५७ हजार रुपैयाँ ग्रस छ । ‘पाँच पाण्डव’को कमाइ ४५ लाख २२ हजार रुपैयाँ ग्रस छ ।