Paywear Banner Desktop
Paywear Banner Desktop

नवनियुक्त चार न्यायाधीशद्वारा शपथग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितीमा प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले सर्वोच्च अदालतका नवनियुक्त चार न्यायाधीशलाई पद तथा गोपनियताको शपथग्रहण गराएका छन् ।

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा शुक्रबार आयोजित समारोहमा प्रधानन्यायाधीश शर्माले नवनियुक्त न्यायाधीशहरू डा रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई शपथग्रहण गराएका हुन् ।

न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सर्वोच्च अदालतका लागि चार न्यायाधीशलाई नियुक्त गरेका थिए ।

यसअघि, प्रस्तावित चारै न्यायाधीशको संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको थियो । न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!