Paywear Banner Desktop
Paywear Banner Desktop

एनपीएल : कर्णालीको अपराजित यात्रामा ब्रेक

काठमाडौंद्वारा ४ विकेटले पराजित

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले हराएको छ । लगातार तेस्रो जितको खोजीमा रहेको कर्णालीको यात्रामा काठमाडौंले ब्रेक लगाएको हो ।

दुई खेलमा काठमाडौंको यो पहिलो जित हो । जितका लागि पाएको १८१ रनको विशाल लक्ष्य काठमाडौंले १९.४ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । जसमा राशिद खानले ५० र कप्तान करण केसीले ४४ रनको योगदान गरे।

कर्णालीका कप्तान सोमपाल कामी र हुसैन तलतले २/२ विकेट लिए। यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतीमा १८० रन बनायो ।

जसमा अरिफूल स्लामले ४४, हुसैन तलतले ४०,पवन सराफले ३० रनको योगदान गरे । काठमाडौंका कप्तान करण केसीले २ विकेट लिए ।

आजै हुने दोस्रो खेलमा साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुनेछन् । सुदूरपश्चिम चौथो खेल खेलिरहँदा चितवन तेस्रो खेल खेल्न लागेको हो । दुबै टोली दोस्रो जित निकाल्ने लक्ष्यमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!