Paywear Banner Desktop
Paywear Banner Desktop

काठमाडौं फिल्म फेस्टिभलमा सहभागी हुन सबाना आजमी र ताकायुकी आइपुगे

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलसँग शुक्रबार प्रसिद्ध भारतीय अभिनेत्री सबाना आजमी र जापानी निर्देशक ताकायुकी नाकामुराको भेटघाट भएको छ ।

दुबैजना फिल्मकर्मी महानगरपालिकाले आयोजना गरेको ‘काठमाडौँ फिल्म फेस्टिभल’का लागि नेपाल आएका हुन् ।

भेटका क्रममा कार्यवाहक प्रमुख डंगोलले फिल्म फेस्टिभलका बारेमा जानकारी दिएकी थिइन् । ‘कथा सुनाउने काठमाडौँको प्राचीन संस्कृति हो । डवलीमा देखाइने नाटक, देव नृत्य, फल्चामा गाइने दाफा, संयुक्त परिवारभित्र हजुरबाले नाति नातिनासँग सुनाउने दन्त्य कथा, लोक कथा तथा पौराणिक कथा सबै कथा सुनाउने, सन्देश र मनोरञ्जनका परम्परागत माध्यम हुन्’ डंगोलले भनेकी थिइन् ।

‘आधुनिकतासँगै यी प्रचलनमा कमी आउन थालेपछि हामीले काठमाडौँ फिल्म फेस्टिभल आयोजना गरेर कथा भन्ने संस्कारलाई युवा र फिल्मसँग जोड्न खोजेका हौँ’ उनले भनिन् ।

‘घरमा बसेका दर्शकलाई चोकसम्म ल्याएर फिल्ममा रुचि जगाउँदै जानु काठमाडौँले यस अघि गरेको टोल टोलमा फिल्म महोत्सवका सबैभन्दा ठुलो उपलब्धि लाग्यो’ अभिनेत्री आजमीले भनिन्, ‘अब समुदायलाई आफूसँग, आफ्नो समुदायसँग चाख लाग्दा कथा पहिचान गर्ने, सुन्न र सुनाउने सिपको विकास गराउनु पर्छ । यसले चलचित्र उद्योगको विकासका लागि ठुलो सहयोग पुग्नेछ ।’

यस्ता खालका कथा चलचित्र निर्माणका लागि राजनीतिभन्दा पनि चाखलाग्दा हुने उनको भनाइ छ ।

त्यस क्रममा निर्देशक ताकायुकीले यामागाता सहरले युनेस्कोको क्रियटिभ सिटिज नेटवर्कमा सदस्यता प्राप्त गर्ने नगरहरुका बिचमा भिडियो मार्फत आपसी पहिचान, संस्कार, संस्कृति र परम्पराको आदान प्रदान गरिरहेको बताउँदै, काठमाडौँ महानगरपालिकाले फिल्म फेस्टिभल आयोजना गरेर महत्वपूर्ण कामको थालनी गरेको बताए ।

आफ्नो सहरले गर्ने फेस्टिभलको अनुभव सुनाउँदै उनले भने, ‘हाम्रो नगरले हरेक २ वर्षमा फेस्टिभल आयोजना गर्ने गरेको छ । यस फेस्टिभलमार्फत हामीले सदस्य नगरहरुलाई एउटै मञ्चमा ल्याउन चाहेका छौँ ।’

भेटका क्रममा महानगरपालिकाका अधिकारीहरु, फेस्टिभलका डाइरेक्टर तथा क्युरेटरहरु सहभागी थिए । शुक्रबारदेखि सुरु हुने फेस्टिभल आइतबारसम्म विभिन्न कार्यक्रमका साथमा सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!