Paywear Banner Desktop
Paywear Banner Desktop

अर्नव चक्रवात : एनपीएलमा आज ब्रेक

काठमाडौं। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज शुक्रबार कुनै पनि खेल राखिएको छैन।

अर्नव चक्रवातको कारण मौसम विज्ञान विभागले शुक्रबार र शनिबार भारी वर्षा हुनसक्ने बताएको छ ।

भोलि शनिबार भने दुई खेल हुँदैछन्। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे १२ बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदै छ।

दोस्रो खेलमा साँझ ५ बजेसुदूरपश्चिम रोयल्स र बिराटनगर किंग्स भिड्दैछन्।

एकमा हार र एकमा जित निकाले सुदूरपश्चिम तेस्रो खेल खेल्दैछ । तेस्रो खेल नै खेल्न लागेको विराटनगर यसअघिकै दुबै खेलमा पराजित भएको थियो ।

हालसम्म प्रतियोगितामा लगातार दुई खेल जितेर ४ अंकसहित कर्णाली याक्स शिर्ष स्थानमा छ । एक खेल खेलेको पोखरा एभेन्जर्स पुछारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!