काठमाडौं । अनमोल केसी, आँचल शर्मा, जसिता गुुरुङ स्टारर रोमान्टिक ड्रामा ‘जेरी अन टप’ अन्ततः इन्टरनेटमा रिलिज भएको छ । दशैं घटस्थापनाको अवसरमा निर्माताले शनिबार यो चर्चित फिल्मलाई युट्युबमा ल्याएका हुन् ।
यो बक्सअफिस हिट फिल्म अभिनेता केसीको करिअरमा पहिलोपटक १० करोड रुपैयाँ कमाउने फिल्म समेत हो । व्यवसायिक र समीक्षात्मक दुवै कोणबाट रुचाइएको यो फिल्म लाई निर्माताले दशैं बिदाको उपयुक्त अवसरमा दर्शकमाझ ल्याएका हुन् ।
फूलपातीको दिन शनिबारदेखि दशैं बिदा सुरु भएको छ । तपाईं दशैं बिदाको फुर्सदमा हुनुहुन्छ भने यो फिल्म उपयुक्त हुनेछ ।
सुयोग गुरुङ निर्देशित यो फिल्मको प्रस्तुतकर्ता सरोज न्यौपाने हुन् । निर्मातामा भविष्य खड्का, रविन शेरचन, दीपक भण्डारी र अनन्या न्यौपाने छन् ।