Paywear Banner Desktop
Paywear Banner Desktop

५ महिनापछि स्वदेश फर्किएका देउवालाई भब्य स्वागत (तस्वीर)

काठमाडौं ।  पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।

बिहीबार दिउँसो बैंककबाट काठमाडौँ आइपुगेका देउवाको विमानस्थलमा स्वागत गरिएको हो। उनको स्वागतका लागि कांग्रेसका नेता, कार्यकर्ता र शुभेच्छुक विमानस्थल पुगेका थिए।

कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, आनन्द ढुंगाना, मोहन बस्नेत र विमलेन्द्र निधी लगायतका नेताहरू विमानस्थल पुगेका हुन्।

गत भदौमा जेनजी आन्दोलनका क्रममा देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि आक्रमण गरिएको थियो। उनको घरमा आगजनी गरिएको थियो। त्यसपछि उपचारका लागि उनी सिंगापुर गएका थिए। पछिल्लो पटक फागुनमा थप उपचारका लागि सिंगापुरहुँदै हङकङ पुगेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!