Paywear Banner Desktop
Paywear Banner Mobile

पर्यटक भिसामा आएर धर्म प्रचारमा संलग्न २४ जना दक्षिण कोरियाली नागरिक पक्राउ

विराटनगर । पर्यटक भिसामा दक्षिण कोरियाबाट आएर धर्म प्रचार गर्दै हिँडेका २४ जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको सुन्दरहरैँचाबाट २४ जना दक्षिण कोरियाली नागरिक पक्राउ परेका हुन् ।

सुन्दरहरैँचा नगरपालिका-७ मालती मार्गमा नेपाल न्यू कोभेनन्ट कलेजमा आयोजित धार्मिक प्रशिक्षण सहभागी भएका बेला उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो

पक्राउ परेकालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि काठमाडौंस्थित अध्यागमन विभाग पठाउने तयारी रहेको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरी प्रमुख कवित कटवालले पर्यटक भिसामा आएर धर्म प्रचारमा सहभागी भएपछि उनीहरूलाई पक्राउ गरेको जानकारी दिए ।

‘पर्यटक भिसामा आएर धर्म प्रचारमा संलग्न भएको देखियो । एउटा उद्देश्य लिएर आएर अर्को काम गर्न मिल्दैन’, उनले भने ।

पक्राउ परेका दक्षिण कोरियाली नागरिक असोज २० र २१ गते काठमाडौं हुँदै विराटनगर आएका थिए । उनीहरू अक्टोबर १२ सम्म मोरङमै रहने कार्यतालिका थियो ।

लभ नेपाल मिसनको सहयोगमा सञ्चालित नेपाल न्यू कोभेनन्ट कलेजमा क्रिस्चियन धर्म अध्यापन हुने प्रहरी स्रोत बताउँछ । पक्राउ परेकाहरूलाई अध्यागमन विभागले कारबाही गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Mobile
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!